सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं ।

आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।