आदर्श युवा सञ्जालको नेतृत्वमा तामाङ्ग

खजुरा ।

बाँकेको खजुरा गाउँपालिकामा रहेको आदर्श युवा सञ्जालको आगामि कार्यकालको नेतृत्व कल्पना तामाङ्गले गर्ने भएकी छन ।

सञ्जालको प्रथम बार्षिक साधारण सभा तथा अधिवेसनले कल्पना तामाङ्गलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । दुई वर्षिय कार्यकाल रहेको सञ्जालमा उपाध्यक्ष पदमा पत्रकार समेत रहेका खगेन्द्र दाहाल उपाध्यक्ष चयन भएका छन ।

सचिवमा सुवास निरौला, सह सचिवमा गम बहादुर डागर, कोषाध्यक्षमा होमनाथ दाहाल निर्विरोध निर्वाचित भए । सञ्जालको सदस्यहरुमा भरत जैसी, मन्जु वलि, यम बहादुर विष्ट र सलिल खड्का निर्विरोध निर्वाचित भएका हुन ।

सञ्जालको साधारण सभाको उद्घाटन समारोमा खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले खजुरामा युवाहरुको सवालमा आदर्श युवा सञ्जालले उल्लेखनिय कार्य गरेको बताए ।

विगतका वर्षदेखि नै सञ्जालले सामाजिक कार्यमा काम गर्ने अव्वल सस्थाको रुपमा आफुलाई परिचित गराएको वडाध्यक्ष भण्डारीले उल्लेख गरे । वडा स्तरमा रहेका समाजिक गतिविधिका कार्यक्रम पनि सञ्जाल मार्फत सञ्चालन गर्न चाहेको वडाध्यक्ष भण्डारीले बताए ।

सञ्जाल नयाँ संस्था रहेको र आगामि दिनमा जनताको मन जित्न सके वडाले भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

खजुरा गाउँपालिकाका वडा नम्बर ४ का नि वर्तमान अध्यक्ष तिलकविर सुनारले सञ्जालले गरेको सामाजिक कार्यको प्रसन्सा गरे । सुनारले सञ्जालको अघिल्ला कार्यहरुमा प्रतक्ष्य सहभागि भएको भन्दै सञ्जालको प्रगतिमा सहयोग सहकार्य सदैव हुने प्रतिवद्धता व्यक्त गरे ।

सञ्जालले विगतका वर्षहरुमा खजुरामा रहेर सामाजिक कार्य गर्दै आइरहेको छ । समाज रुपान्तरणको लागि युवा लाग्न पर्छ भन्ने हेतुले सञ्जालका पदाधिकारीहरु सोहि अनुरुप कार्य गरिरहेको सचिव सुवास निरौलाले जानकारी दिए ।