शुदाम शर्मा, रुकुम पश्चिम ।
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् । ५२ वर्षिया हस्तकली बुढाथोकी आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गयराती १० बजेतिर जानकारी आएपछि घटनास्थलमा पुगेर हेर्दा बुढाथोकीको शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराइले जानकारी दिए । बाहिरबाट ढोका लगाएको अवस्थामा शव भेटिएको उनको भनाई छ ।
बाहिरबाट ढोका लगाइएको अवस्थामा शव भेटिएकोले हत्या भएको हुनसक्ने तर्फ अनुसन्धान केन्द्रीत रहेको उनले बताए । तर अनुसन्धानमै रहेकोले यही हो भन्न सकिने अवस्था नरहेको डिएसपी भट्टराईले बताए । स्थानीयका अनुसार बुढाथोकीको टाउकोमा चोट लागेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्