साउदीमा मृत्यु भएका कोहलपुरका १२ का चौधरीको मृत शरिर नेपाल ल्याउन सहयोगको याचना

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ का स्थानिय बासिन्दा सुरेश चौधरीको साउदीको सफनियामा मृत्यु भएको छ । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका थारुको मृत शरिर नेपाल ल्याइदिन परिवारले सहयोगको याचना गरेका छन् ।

उनका बुवा कालिराम थारु र आमा काउली थारु र मृतककी श्रीमती लिला चौधरीले मृत शरिर नेपाल ल्याइदिन याचना गरेका छन् । यहि साउन १३ गते राती उनको मृत्यु भएपछि नेपाल सरकारका तिनै तहमा सहयोगको याचना मागिरहेका छन् ।

मृतककी श्रीमती लिला चौधरीले रुदै भनिन्, ‘मेरो श्रीमानको मृत शरिर भएपनि नेपाल ल्याईदिनुहोस् ।’ उनको मुखबाट अरु केही आएन मात्र आउँछ, ‘मेरो श्रीमानको मृत शरिर भएपनि नेपाल ल्याईदिनुहोस् ।’ उनको १० वर्षिया सुप्रिम चौधरी छोरा छ ।

कोहलपुर नगरपालिकामा रोजगार सेवा केन्द्रमा तोकिएको ढाँचा अनुसार निवेदन दिइसकेको उनी श्रीमती लिला चौधरीले बताइन् । मृतक चौधरीको पासपोर्ट नम्बर ०८१८६४९३ रहेको र यहि साउन १३ गते उनको मृत्यु भएको उनका दाजु श्रवण कुमार चौधरीले बताए ।

मृतक चौधरी नेपालको सक्सेस नेपाल म्यानपावर एजेन्सी काठमाण्डौंबाट साउदी गएका हुन् भने साउदीमा ग्लफ को-अप्रेसन स्मोलस् कन्ट्राक्टिङ्ग लि. कम्पनीमा काम गर्ने क्रममा उनको मृत्यु भएको हो । मृतक चौधरी अप्रेसन स्मोलस् कन्ट्राक्टिङ्ग लि.कम्पनीमा विच-विचमा आउने जाने गरी करिब ७ वर्षसम्म काम गरेका हुन् ।