राप्तीसोनारीमा विद्यार्थी बोकेको बस पल्टीयो, ८ जना घाईते

कोहलपुर ।

बाँकेको राप्तीसोनारीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ८ जना विद्यार्थी घाईते भएका छन । सोमबार बेलुका ४:३० बजे नव ज्योति इङलिस मिडिएम स्कुल चिल्हरियाको ना ५ख२९८ नम्बरको बस दुर्घटनामा परेको हो ।

राप्तिसोनारी गाउँपालिका वडा नं. ४ स्थित रामकुट्टि टोलमा गाडी ४१ जना विद्यार्थी बोकेको बस पल्टीएको ईलाका प्रहरी कार्यालय धाम्पुरका वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मी प्रसाद आचार्यले जानकारी दिए ।

दुर्घटनामा ८ जना बालबालीकालाई सामान्य चोट लागेको र उनिहरुको स्वास्थ चेकजाँचका लागि राप्तिसोनारी अस्पतालमा पठाइएको आचार्यले बताए ।

प्रहरीका अनुसार बसका चालकसँग सवारी चालक अनुमती पत्र (लाइसेन) नरहेको खुल्न आएको छ ।