Kohalpur Today Header Ads

कोहलपुर नगरपालिकाले सहकारी माथी बढायो निगरानी, ऋण नतिरे सेवा बन्द




कोहलपुर ।

कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरुलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । कोहलपुर पालिकाले आईतबार आज एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिनेहरुलाई पालिकाबाट प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने जनाएको हो ।

साथै बचतकर्ताको बचत रकम फिर्ता नगरी अथवा सहकारीको रकम हिनामिना गरी सम्पर्क बिहिन भएका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुको नाम सार्बजनिक गर्नुका साथै भविष्यमा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गरी कानुनी कारवाहीको प्रक्रिया समेत अघि बढाउने सुचनामा उल्लेख गरीएको छ ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार