नेपालगञ्ज उवासंघको निर्वाचन लक्षित गर्दै नेपाल ट्रेड यूनियन काँग्रेस बाँकेद्धारा अन्र्तक्रिया

नेपालगञ्ज ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुन गइरहेको निर्वाचन लक्षित प्रजातन्त्रिक उद्योगी व्यवसायीहरुसंग नेपाल ट्रेड यूनियन काँग्रेस बाँकेले छलफल तथा अन्र्तक्रिया तथा छलफल गरेको छ ।

आइतबार भएको कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेस बाँकेसंग आवद्ध भएका २३ संघका अध्यक्ष, पालिका अध्यक्ष तथा जिल्ला कार्यसमितिहरुले प्रजातन्त्रिक उद्योगी व्यवसायीसंग आगामी निर्वाचनको तयारीका लागि अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।

आसन्न नेपालगञ्ज उवासंघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायीका तर्फबाट ललित कुमार रौनियारको अध्यक्षतामा प्यानल तयार गरी चुनावी मैदानमा होमिएको छ ।

यस्तै नेपाल ट्रेड यूनियन काँग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लले नेपालको श्रमिक आन्दोलनसंग जोडिएका धेरै सवालहरु उद्योगी व्यापारीसंग प्रत्यक्ष जोडिएका कारणले देश विकास, समृद्धि र पेशागत हकहितका लागि उद्योगी व्यापारसंघ सहकार्य अपरिहार्य अनिवार्य रहेको बताए । प्राजातान्त्रिक प्यालनका उम्मेदवारहरुलाई श्रमिकको हकहितका लागि मैत्रीपूर्ण श्रम ऐनलाई कार्यान्वयन गर्ने अध्यक्ष मल्लले प्रतिबद्धता व्यक्त गरे ।

नेपालगञ्ज उवासंघका अध्यक्ष पदका उम्मेदवार रौनियारले नेपालगंजमा वास्तविक व्यापारीका हकहितमा काम गर्ने साझा संस्थाको रुपमा काम गर्न आफ्नो टिमको उम्मेदवारी दिएको बताए ।