रास्वपाले बोलायो संसदीय दलको बैठक




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सचेत निशा डाँगीले जानकारी दिइन्।

बैठकमा असअघि (साउन ९ गते बसेको बैठक)कै विषयहरूमा छलफल हुने डाँगीले
बताइन्।
संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतबार