Kohalpur Today Header Ads

बाँकेका तिन जना पत्रकार सम्मानित




कोहलपुर । 

बाँके तिन जना पत्रकार सम्मानित भएका छन् ।

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई बिहिबार सम्मान गरेको हो।

LIfe Ok

इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित कार्यक्रमममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो ।

गोरखापत्र दैनिकका समाचारदाता सिराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल कादरी र नगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएको भन्दै वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजीत सुनवारलाई सम्मान गरेको संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले बताए ।

मुस्लिम समूदायलाई संचार माध्यबाट सहयोग गरेको र मोहर्रम पर्वमा बिशेष योगदान पु्र्याएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका महासचिव मोहम्मद हारुन हल्वाईले बताए ।

इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । उनले शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबै संग आग्रह गरेका थिए ।

सम्मान कार्यक्रममा संविधान सभासदस्य अब्दुल हमिद सिद्धिकी, पूर्व प्रदेश सभा सदस्य याकुब अन्सारी, वडा नं। ५ का वडा अध्यक्ष सराफत खान, पूर्व वडा नं। ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, मौलाना मन्सुर आरफी लगायतको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार