बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर बिष्ट को हुन् ?
बि.स. २०२७ साल चैत्र २१ गते ढाँकु–६ अछाममा जन्मेका बिर बहादुर विष्ट २०४५ सालको कोहलपुर आएका छन् । बुवा पदम बहादुर विष्ट र आमा दिवादेवि विष्टको माइलो सन्तानको रुपमा उनको जन्म भएको हो ।
नेपालको पहाडि, विकासको पहुँचमा पुग्न नसकेको जिल्ला अछामको सामान्य परिवारमा जन्मेका विष्टको बाल्यकाल सामान्य रुपमा बित्यो । विष्टकी श्रीमति निरा कुमारी कुँवर हुन् ।
वि.स. २०४६ सालमा एसएलसी पास गरेका विष्टले राजनीतिशास्त्र र शिक्षाशास्त्रमा एम.ए. र एम.एड. गरेका छन् ।
विद्यालय तहदेखि नै सामाजिक कार्यमा सक्रिया विष्टले नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसको इकाइ सदस्य, नेपाल शिक्षक संघ अछामको सदस्य, नेपाल शिक्षक संघ बाँकेको सह–सचिव हुँदै हाल नेपाली काँग्रेस बाँकेको जिल्ला कार्य समिति सदस्यका रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।
त्यस्तै उनी कोहलपुरमा रहेको त्रिभूवन नमूना माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।
कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको उपाध्यक्ष पदका उम्मेद्वार बनेका विष्टको चुनाव चिह्न टेबुल पंखामा मतदान गरी बिजयी गराईदिनका लागि सम्पूर्ण खानेपानी उपभोक्ताहरुमा हार्दिक अनुरोध गर्दछौं ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्