Kohalpur Today Header Ads

कोहलपुरको भाइरल गेट : निर्माण व्यवसायी र कर्मचारीको मिलोमतोमा अनियमिता




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२ को १३ विगाहको खेलमैदानको गेट निर्माण गरिएको छ । गेट निर्माण भएपछि सामाजिक सञ्जालमा १० लाखको भाइरल गेट बनेको छ । यो बनाउन राष्ट्रिय खेलकुद परिषद्ले कोटेशन गरी कुटुम्भ निर्माण सेवामार्फत काम गराएको हो ।

सेतो कलर भएका तीन वटा पिलरमा २ ट्रालि इट्टा प्रयोग भएको र घरको पिल्लरमा राखिने फलामका सरिया प्रयोग गरिएको पाइएको छ ।
सामाजिक सञ्जालमा निर्क चर्चाको विषय भन्यो, हरेकले ठुलो भष्ट्राचार भएको भन्ने शब्द समेत फेसबुकमा राखेका छन् भने कतिले राखेपका इन्जिनियरकै मिलोमतोमा विल भुक्तानी भएको हुन सक्ने भनी राखेका छन् ।

LIfe Ok

अहिले यो १० लाखको बनेको गेट सामाजिक प्रयोगकर्ताहरुले निकै भाइरल बनाइरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले कुटुम्भ निर्माण सेवासंग सम्झौता गरेको पाइएको छ । निर्माण व्यवसायीले करिब १० लाख रुपैयाँमा सम्झौता गरी असार मसान्तमै काम सम्पन्न गर्ने भनि जेष्ठ महिनामा सम्झौता गरेको छ ।

जेष्ठ महिनामा सम्झौता भएकोले केही दिनमा सक्ने गरी काम गर्ने मन्त्रालयबाट निर्देशन दिए पनि स्थानिय तथा क्लबका पदाअधिकारीहरुले विरोध गरे ।

केही हप्ता दिन काम सुरु हुन सकेन । त्यसपछि निर्माण व्यवसायी बखत बहादुर शाहीले कोहलपुर नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष हरि कठायतलाई समन्वय गरिदिन आग्रह गरे ।

तर वडा अध्यक्षले नगरपालिकाको बजेट थप गरी बृहत योजना गरौंला तर अहिले यो योजना सुरु नगरौं भन्दा निर्माण व्यवसायीले मानेन । तर वडा अध्यक्षले यो योजनाको बारेमा जानकारी नै नलिई गेटको जग खन्ने काममा सघाए । त्यो उनको गल्ती थियो ।

यो योजना भने न स्थानीय स्तरबाट माग भएको थियो न वडा र पालिकासँग समन्वय गरिएको थियो । यो राजनिकि दवाव र भष्टाचार गर्ने उद्देश्यले योजना आएको देखिन्छ ।

वडा अध्यक्ष हरि कठायतले आफ्नै वडामा बनेका संरचना तथा विकासलाई स्विकारेको मात्र हुँ, तर यो योजनाको बारेमा थप जानकारी पाएको भए काम नै हुन दिने थिइन ।

आगामी दिनमा संघबाट नै कोटेशनका माध्यमबाट हुने काम २ नम्बर वडामा नहुने जिकिर गरे । ‘जब भाइरल बन्यो अनि थाहा भयो, यो हामीलाई फसाउन बनाइएको योजना रहेछ,’ उनले भने, ‘अब केन्द्रबाट सोझै कोटेशनमार्फत काम भएका कुनै पनि योजनालाई जानकारी लिएर मात्र काम गर्नेछु ।’

‘वडामा भएका कुनै पनि योजनाको भुक्तानी गर्दा सिफारिस आवश्यकता पर्छ तर यो योजनामा भने सिफारिस विना कसरी भुक्तानी भयो ?’ उनले प्रश्न गरे ।

यसमा राखेपका इन्जिनियर, सदस्य सचिव लगायतको मिलोमतो रहेको वडा अध्यक्ष कठायतले आरोप लगाए । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानिय सरकारसंग समन्वय नगरी काम गरेको बताए । ‘स्थानिय सरकारसंग समन्वय नगरी हाम्रै पालिकामा १० लाखको काम गर्छ,’ उनले भने, ‘त्यसको हामी पिडा भोग्नु

पर्ने । १३ विगाहमा बनेको गेटको विषयमा स्थानिय सरकारसँग समन्वय नै नगरी काम गरेको बताए । १० लाखको गेटको विषयमा छानविन गरी कारवाहीको दायरामा ल्याउने आचार्यको भनाई छ ।

निर्माण व्यवसायी बसत बहादुर शाहीले कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, राखेपबाट १० लाखमा कोटेशन परेको हो । ‘जेष्ठ १६ गते राखेपसंग काठमाण्डौंमा रहेका मामाले सम्झौता गरी पठाई दिनुभएको हो,’ उनले भने, ‘सम्झौता पत्रको हार्र्ड कपी काठमाण्डौं मामासंग छ ।’

निर्माण व्यवसायी शाहीले कोटेशनको म्याद थपको लागि निवेदन दिएको र म्याद थप समेत भइसकेको बताए । तर कोटेशनको म्याद थप हूँदैन । सम्झौता मितिसम्म काम नभए सम्झौता रद्द वा भुक्तानी रोक्का हुन्छ । उनले ८ लाख ५० हजार रुपैया भुक्तानी लिएको र भाइरल बनेपछि पिल्लरमा केही थप गर्ने र आजबाट फिल्डमा माटो पटान गराउन लागेका छन् ।

के हो वास्तविक ?

राखेपमा गत आवमा कोहलपुरका ४ वटा योजना छन् । अन्तराष्ट्रिय क्रिकेट मैदान, महिला क्रिकेट एकेडमी र फुटबल एकेडेमी र कवर्डहलको निर्माण गर्ने राखेपमा ठुला योजना छन् ।

कोहलपुर नगरपालिका २ मा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको ठुलो फुटबल एकेडेमी बनाउने योजना छ । फुटबल एकेडेमी बनाउँदा डिपिआर गर्ने र फुटबल एकेडेमी कतिमा बनाउन सकिन्छ भनेर १० लाख रुपैया छुट्याएको देखिन्छ । तर कर्मचारी र निर्माण व्यवसायीको मिलोमतोमा गेट निर्माण गरी १० लाख नै कुम्ल्याउने योजनामा रहेको पाइएको छ ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै निर्माण व्यवसायी बखत शाहीले आठ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको स्वीकारे । उनले जेष्ठ महिनामा सम्झौता भएको र थोरै समय भएकोले समयमा नै काम सम्पन्न नभएपछि म्याद थप भएको भनी गैर जिम्मेवारी पूर्ण जवाफ दिए । तर कोटेशनको भने म्याद थप भन्ने हुँदैन ।

अझै उनले ढुक्कका साथ भन्छन्, सम्झौताअनुसार भएको कामको मात्र पैसा लिएको छु । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्चाको विषय नबनाएको भए आजबाट माटो पटान नगरी रकम कुम्ल्याउने दाउँमा रहेको स्थानियहरुले बताएका छन् ।

कोहलपुर टुडेको कुराकानीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने, टुक्रे योजना ल्याउने लक्ष्य होइन । तर राजनितिकै कारणले टुक्रे योजना ल्याउने र राखेपको बदनाम बनाउने काम गलत भएको बताए ।

उनले गेटको विषयमा भने सानो रकम भएकोले ट्वाक्कै भन्न नमिल्ने भएकोले उनले आज १० लाखको विषयमा हस्तलिखित स्पस्टिकरण मागेका छौं । स्पस्टिकरण आयो भने कारवाहीको प्रक्रिया अगाडि बढाउने घिसिङले बताए ।

कर्मचारीहरुको मिलोमतोमा भएको जानकारी छैन, यदि काँही कतैबाट कर्मचारीको मिलोमतो भएको खण्डमा तत्काल कारवाही गर्ने उनले जिकिर गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहीबार