कोहलपुर कटेजबाट ५ किलो लागूऔषध सहित ३ जना पक्राउ

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ चौराह नजिकै रहेको कोहलपुर कटेज एण्ड रेष्टुरेण्टबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा यस ईलाका प्रहरी कार्यालय बाट खटि गएको संयुक्त टोलीले कोहलपुर कटेजबाट ५ किलो ३ सय ६८ ग्राम लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला जुम्लाको तिला गाउँपालिका-३ का भवानी प्रसाद भट्टराई, देवी प्रसाद भट्टराई र प्रसाद भट्टराई रहेका छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।