Kohalpur Today Header Ads

प्रतिबद्धता पत्र सहित मतदाताको घर घरमा समावेशी प्यानलका उम्मेदवार




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन ।

खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने , आम कोहलपुर बासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतमा मुद्दा बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका हुन ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर वडा नं १० का मतदाता माझ पुगेर अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाल लगायतको टोलीले कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफू नेतृत्वको टिम सक्षम रहेको बताउँदै आफूहरूको प्यानल लाई मतदान गर्न आग्रह गरेको छ ।

उम्मेदवारको टोली सँग उपभोक्ताहरूले जडान भएका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै खनाल नेतृत्वको प्यान लाई बिजयी गराउने प्रतिबद्धता जनाएका थिए । समावेशी प्यानल “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित चुनावी मैदानमा छ ।

अध्यक्षका उम्मेदवार खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरु योजना निर्माण गरि लागू गर्ने , जमिन मुनिको पनिको विकल्प स्वरुप भेरी बबई मान खोला ड्राइभर्सन निर्माण गरि खानेपानीको दिगो व्यवस्थापन गरिने , मुख्य बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने प्रतिबद्धता जनाएका छन ।

उनले आफूहरू ४ दलीय गठबन्धन गरेर चुनावी मैदानमा होमिएको भएपनि बिजयी भए पश्चात आम उपभोक्ताको हितमा खरो उत्रने तथा आर्थिक रुपमा मितव्ययिता अपनाई संस्थागत सुशासन कायम गरिने बताए ।

सो प्यानल बाट अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाललाई चुनाव चिन्ह अङ्गुरको झुप्पा ,उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीलाई चुनाव चिन्ह माछा , सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डे लाई कुर्ची , कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीलाई केराको बोट ९ घरी सहित ० , सह सचिव पदका उम्मेदवार यशोदा थापालाई ताला चाबी , सह कोषध्यक्ष पदका उम्मेदवार रेशम लाल सापकोटा चुनाव चिन्ह फुटबल चिन्ह लिएर चुनावी मैदानमा छन ।

खुला सदस्यमा क्रमश केशव राज पोख्रेललाई काँइयो , दुर्गा प्रसाद काफ्लेलाई खरायो , चन्द्र बहादुर घर्तीलाई डोको चिन्ह सहित चुनावी मैदानमा छन । महिला सदस्यमा अन्जना सुनारलाई झोला , मेनका न्यौपाने आचार्य लाई भित्ते घडी चिन्ह रहेको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार