कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति आधारभूत नमूना विद्यालयका ८ मुख्य लक्ष्य तथा दृष्टिकोण सार्वजनिक गरेका छन् ।
शिवशक्ति आधारभूत नमूना विद्यालयका प्रअ बद्रि नाथ सापकोटाले आगामी मुख्य लक्ष्य र दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
यि हुन मुख्य लक्ष्य र दृष्टिकोण
१. विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्दे व्यवहारीक विकासमा सहयोग पुयाउनु हाम्रो लक्ष्य हो । शैक्षिक दृष्टिकोण विद्यार्थी केन्द्रिकृत विधि प्रयोग गर्दे उनिहरुलाई सिकाई सह क्रियाकलापमा सकृय बनाउनु सामाजिक सहयोगी भावनासामाजिक व्यक्तित्वको पहिचान, स्थानिय कला, भाषा, धर्म, संस्कृतिको अनुसरण गर्दे नैतिकवान नागरिक तयार पार्नु ।
२. शैक्षिक रणनिति क्रियाकलाप व्याख्यान समूह, छलफल समूह, परियोजना कार्य प्रस्तुतिकरण, अभ्यास फिल्डवडृका साथै संगीत भाषण नाटक खेलकुद जस्ता विविध विद्याको आयोजना गरी अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने जनशत्ति उत्पादन गर्न विद्यार्थीको सर्वाङ्कीण विकासमा सहयोग पुयाउने ।
३. शैक्षिक चुनौति तथा अवसरको अवस्था तथा वितरण विद्यार्थीहरुको विविध सिकाई शैलि समाकालिन समाज, शैक्षिक सामाग्री अभाव, शिक्षण सामाग्रीहरुको अध्याविधिक चुनैतिलाई अवसरको रुपमा लिदै सिकाई सुधार रणनिति अप्नाउने साथै सिकाई कमजोर भएका विद्यार्थीका अभिभावकलाई प्रत्येक शुक्रबार २ बजे पछि बाबु नानि संग संगै पढाई कार्यक्रम संचालन, आधुनिक प्रविधि हेन्ड आउट सहपाटी शिक्षण विधि, जिवनउपयोगी सिप सकारात्मक सोच, समस्या समाधानमा सक्षमता प्रदान गर्दे विद्यार्थीको सिप सिकाई वृद्विमा समताको अवसर प्रदान गर्ने ।
४. विद्यालयका प्रयास र प्रयत्नहरु विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन, विद्यार्थीहरुको संचित अभिलेखका आधारमा उनीहरुको रुचि र शैलिको विवरण तयार पार्दे भिन्न खालको मूल्याङ्कन विधि अप्पनाई पाठयपुस्तक विना सिकाइ कार्यलाई सुधार गर्दे समयको बचत संगै अन्य क्रियाकलापमा अभिभावकसम्पर्क, गेमीफिकेसन सिकाई सुधार भिडियो सामाग्री मनोरञ्जननात्मक पढाइ वृद्वि र व्यवहारिक सिपका लागि फरकशिक्षण विधिअप्नाइ कार्यान्वयन गर्ने साथै आवश्यकता अनुसार विद्यालयको भौतिक विकास र सुधारमा ध्यान दिने ।
५.स्थानिय सामानको उपलब्धताका आधारमा उल्लेखनिय उपलब्धी हासिल गराउदै विद्यार्थीहरुको नतिजामा सुधार कार्यक्रम अनुभत्वनात्मक क्रियाकलापहरु र सामाजिक सिप सुधार प्रतियोगिता परियोजना कार्यमा पनि उत्कृष्ट प्रदशन गरेर महत्वपूर्ण सिप उपलब्धी प्राप्तगर्न जोड दिनेसाथै स्थानीय पाठयक्रम हाम्रो कोहलपुरले तोकेका सिकाइ उपशब्धी हासिल गराउन प्रयत्न गर्ने।
६ विद्यालय प्रशासन तथा व्यवस्थापन आधुनिक प्रविधि अन्नलाइन शिक्षण तथा परामर्श कार्यमा प्रशिक्षण, नविनतम सिपका लागि शिक्षक हरुलाई तालिम, प्रश्नउत्तर परियोजना कार्य अभिनय खोजमा आधारित सिकाई वैज्ञानिक प्रयोग उत्प्रेरक सिकाइ र वातावरण प्रदान गर्न सहयोग प्रदान गर्नु ।
७. आगामी शैक्षिक वर्ष(२०८१) शैक्षिँक मार्गचित्र मेरो विद्यालयमामेरो जिम्मेवारीको अनुसरण गर्देविद्यालयमा पाठय पुस्तकको साथै अनुसन्धानका लागि कक्षा (१—३) सम्म हेन्डआउट मूल्याङ्कन सिकाई कार्यक्रम संचालन गर्ने ।
- प्रश्नउत्तर, छलफल, खोजविधि, परियोजना कार्य अभिनयमा आधारित सिकाई गर्ने गराउने ।
- विद्यार्थीहरुको मानसिक स्वाश्थ्य आर्गनिक खाजा, स्वाश्थ्य परिक्षण परामर्श र मनोविज्ञानका आधारमा समूहगत शिक्षण सिकाइ सहयोग गर्ने ।
- विद्यार्थीलाई सुरक्षित तरिकामा सिकाई गर्न सिक्ने र सिकाउने विषयको छनौट गरी जिवन उपयोगी सिप सामाग्री प्रर्दशनी, भेषभूषा, कला संस्कृतिका आधार स्तरका रुपमा एकिकृति पाठयक्रममा निरन्तर विद्यार्थी मूल्याङ्कन परियोजनामा कार्य प्रस्तुतीकरण मूल्याङ्कन अवलोकनका भ्रमनका साथै सम्रग सिकाई प्रगति र क्षमतालाई आधार मानि मूल्याङ्कर्मा ध्यान दिइने छ । क्ष्ऋत् टेक्नालोजी शिक्षण सिकाई सिप, तालिम, गोष्ठी भाषिक सिप उमेर क्षमता सिप संस्कृति कला प्रर्दशनीमा अवसर प्रदान गर्ने ।
८. माथि उल्लेखित लक्ष्य तथा द्वष्ट्रीकोण कार्यान्वयन गर्न स्थानीय तह कोहलपुर नगरपालिका, शिक्षा तथा खेलकुद शाखा र वडा नं. २ को वडा कार्यालयको साथै सरोकार पक्षहरुको महत्वपूर्ण भूमिकाको अपेक्षा सहित थप आवश्यक सुभाव र सल्लाहको लागि हार्दिक अनुरोध गर्दछु ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्