पहिरोले घर पुरिदा बैतडीमा आमाछोराको मृत्यु

बैतडी ।

बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर–२ को भैरु टोलमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।गत राति खसेको पहिरोले घर पुरिदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ वर्षका छोरा रिजन जागरीको मृत्यु भएको हो ।

अञ्जुका श्रीमान् गोब्बर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । स्थानीय र प्रहरीले गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको चौधरीको भनाइ छ ।