कैलालीमा भरुवा बन्दुकसहित एक पक्राउ

कैलाली ।

कैलालीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका–६ खरुखेडाका ५२ वर्षीय नारायणप्रसाद चौधरी भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

प्रहरीले शनिबार साँझ चौधरीको घरबाट एकथान भरुवा बन्दुकसहित बारुद ४ डिब्बा, तयारी सानो गोली ३८ पिस, सिसाको टुक्रा ९ पिससहित चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।

पक्राउ परेका चौधरीलाई थुनामा राखी थप अनुसन्धान भैरहेको डिएसपी चन्दले बताए ।