कैलालीमा भरुवा बन्दुकसहित एक पक्राउ




कैलाली ।

कैलालीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका–६ खरुखेडाका ५२ वर्षीय नारायणप्रसाद चौधरी भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

प्रहरीले शनिबार साँझ चौधरीको घरबाट एकथान भरुवा बन्दुकसहित बारुद ४ डिब्बा, तयारी सानो गोली ३८ पिस, सिसाको टुक्रा ९ पिससहित चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।

पक्राउ परेका चौधरीलाई थुनामा राखी थप अनुसन्धान भैरहेको डिएसपी चन्दले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार