कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु




धनगढी ।

कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका-३ बुटकुवाकी ८ वर्षीया छोरी यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सापकोटाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार