कोहलपुर १ वडाबाट पञ्चेबाजा हस्तान्तरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ वडाले लाली गुराँस पञ्जेबाजा संरक्षण समितिलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीले संरक्षण समितिका अध्यक्ष गगने दमाईलाई पञ्चेबाजा हस्तान्तरण गरेका हुन् ।

पञ्चेबाजा नेवर, टेम्की, छिल्लर, ढोलक, नरसिंहा, दाईने दमाह, लगायतका पञ्चेबाजाहरु वडा कार्यालयले संरक्षण समितिलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष जैसीले आर्यआर्जन र जिविकोर्पाजन गर्न सहज हुने उद्देश्यले पञ्चेबाजा हस्तान्तरण गरेको बताए । कोहलपुर नगरपालिका अन्य वडामा पञ्चेबाजा उपलब्ध गराएका छैनन तर यस वडामा भने साँस्कृति र रितिरिवाजलाई संरक्षण गर्नूपर्छ भन्ने धेयका साथ पञ्चेबाजा हस्तान्तरण गरेको वडा अध्यक्ष जैसीले बताए ।

यस्तै लाली गुराँस पञ्चेबाजा संरक्षण समितिका अध्यक्ष गगने दमाईले वडाले उपलब्ध गराएको पञ्चेबाजालाई आर्यआर्जनका लागि प्रयोगमा ल्याउने बताए । विवाह, पुजापाठ तथा मुत्युवरण हुँदा पञ्चेबाजाहरुको प्रयोग गर्दा लाग्ने रकम वडाको समिति निर्माण गरी तोकिदिएपछि सहज हुने समितिका अध्यक्ष गगने दमाईले अनुरोध गरे ।

हस्तान्तरण कार्यक्रममा पूर्व वडा अध्यक्ष गोपी खनाल, राजनितिक दलका वडाका अध्यक्ष तथा प्रतिनिधि, संरक्षण समितिका पदाअधिकारी तथा स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।