काेहलपुर ।
बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी बरामद गरेको जनाएको छ ।
प्रहरीले उक्त रिक्साबाट अन्दाजी २ लाख १० हजार रुपैयाँ बराबरको अबैध सुपारी बरामद गरेको जनाएको छ । बरामद गरेको उक्त सुपारी र ई-रिक्सालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको छ । सुपारी बोकेको उक्त रिक्साका चालक भने प्रहरीलाई देख्ने बित्तिकै भागेपछि पक्राउ गरेकाे बाँके प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्