Kohalpur Today Header Ads

बैजनाथ ५ का वडा अध्यक्ष देव बहादुर रावत घरमै पुगेर गर्छन्, परिचय पत्र नविकरण




कोहलपुर ।

बैजनाथ गाउँपालिका ५ का वडा अध्यक्ष देव बहादुर रावतले घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नविकरण गरेका छन् । वडामा आएर सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुपर्ने हुन्छ तर बैजनाथ वडा नं. ५ मा भने वडा अध्यक्ष देव बहादुर रावतको नेतृत्वमा टोलटोलमा गएरर परिचय पत्र नविकरण गर्ने योजना ल्याएका हुन् ।

बैजनाथ वडा नं. ५ मा भने वडा अध्यक्ष देव बहादुर रावतले साउन १ गतेबाट बनकट्टी टोलबाट यो अभियान सुरु भएको बताए । ‘जेष्ठ नागरिक र अतिशक्क्त व्यक्तिहरुको घरमा नै गएर परिचय पत्र नविकरण गछौैै,’ उनले भने, अन्यको हकमा पनि टोल-टोलमा गरिएको कार्यक्रमबाट सेवा दिन्छौं ।’

LIfe Ok

लामोसमय हिडेर वडा कार्यालयसम्म आउन अति समस्या हुने गर्छ त्यसैले वडामा भन्दा टोल तथा घरमै नै परिचय पत्र नविकरण गर्ने योजना अगाडि सारेको ५ का वडा अध्यक्ष रावतले बताए ।

भोली गुरुवागाउँ, डल्लीपुर, सल्यानी टोलमा छ भने ३ गते मचरा गायत्री टोल, पुर्वसल्यानी टोल, ४ गते दक्षिण लाईन/पश्चिमलाईन/सिर्जनाटोल, ५ गते रामपुर र बनखेत, ६ गते निमनगर, छमनिया, भज्यागौडी र जुम्लीटोल, ७ गते सिहभवानी र रामनगर, ८ गते बनकटवा, ९ गते पूर्वलाईन, रगिंला, न्यू सिटी र संगम चोक र अन्य छुट भएकाहरुको लागि भाद्र मसान्तसम्म वडा कार्यालयमा आउन सूचना जारी गरी अभियान सुरुचारु गरेको वडा अध्यक्ष रावतले बताए ।

अभियानमा वडा सदस्य, सचिव लगायत स्थानियहरु लागि परेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मंगलबार