कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता

कैलाली ।

कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएका छन्।

शनिबार साँझ साढे ५ बजे लम्कीचुहा नगरपालिका–३ बल्चौरकी अन्दाजी ६ वर्षीय रितिसा चौधरी सोही ठाउँको रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन्।

घटनाबारे स्थानीयले टेलिफोन मार्फत् प्रहरीलाई जानकारी गराएका थिए।  घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

हाल बेपत्ता बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।