Kohalpur Today Header Ads

कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता




कैलाली ।

कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएका छन्।

शनिबार साँझ साढे ५ बजे लम्कीचुहा नगरपालिका–३ बल्चौरकी अन्दाजी ६ वर्षीय रितिसा चौधरी सोही ठाउँको रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन्।

LIfe Ok

घटनाबारे स्थानीयले टेलिफोन मार्फत् प्रहरीलाई जानकारी गराएका थिए।  घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

हाल बेपत्ता बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिबार