शिवध्वज शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा भानु जयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको हो । स्वतन्त्र विद्यार्थी युनियन वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको आयोजनामा क्याम्पस लाई करिब विस हजार रुपैया बराबर स्नातक तह मानविकी संकायका २५ थान पुस्तक हस्तान्तरण समेत गरिएको हो ।

आजको भानु जयन्तीको अवसरमा गरिएको कार्यक्रममा बागेश्वरी प्राज्ञ पत्रिकाको विमोचन क्याम्पस प्रमुख दान बहादुर हमालले गरेका थिए । ग्र्याजुएट स्कुल अफ एजुकेसन स्नातक तह सातौ सेमेस्टरको आंशिक आवश्यकता पूरा गर्न विद्यार्थीक लेख, रचना एवम् प्राध्यापक समेतका रचना समेटेर तयार गरिएको पत्रिका विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् क्याम्पस प्रमुख दान बहादुर हमालले विद्यार्थीको सक्रियतामा हुने यस खालका कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकास हुने भएकोले स्व वि लाई विशेष धन्यवाद दिए ।
उनलेे बागेश्वरी बहुमुखी क्याम्पसमा विभिन्न समयमा अतिरिक्त क्रियाकलापहरु क्याम्पस र स्व वि यु एवम् स्वयम् विद्यार्थीहरुको सक्रियतामा हुने गरेको वताए ।
भानुभक्त आचार्यको नेपाली साहित्यमा अतुलनीय योगदान रहेकोले उनी अमर र अटल रहेको वताए । कार्यक्रमम विभिन्न संकायका विभिन्न तहका विद्यार्थीहरुले आ आफ्नो रचनावाचन गरेका थिए ।

उक्त कार्यक्रम पुर्व क्याम्पस प्रमुखहरु रमेशचन्द्र अधिकारी, ध्रुव कुमार अधिकारी, प्राध्यापकहरु एकराज शर्मा, पुस्करनाथ रिजाल, खोपिराम वलि, ज्ञानेन्द्र शाही मिन बहादुर के सिको उपस्थित रहेको थियो । कार्यक्रम स्व वि अध्यक्ष देबेन्द्र बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण स्व वि यु सचीव महेन्द्र प्रकाश मल्लले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्