Kohalpur Today Header Ads

ट्याक्टर दुर्घटनामा सल्यानको कालागाउँले एउटा युवा गुमायो




कोहलपुर ।

सल्यान कुमाख गाउँपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कुमाख गाउँपालिका-५ का ‘विरे’ नामबाट चिनिने राम बहादुर बुढाथोकी ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि गाउँ नै शोकमा डुवेको छ ।

LIfe Ok

निमार्णधिन स्वास्थ्य चौकीको बालुवा र गिट्टी लोड गर्ने क्रममा रा १ त ३४८७ नम्बरको ट्याक्टरले गएराती करिब ८ बजे कुमाख गाउँपालिका-४ दारेगउरामा दुर्घटना हुँदा घटनास्थलैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए ।

उनले विगत ६/७ वर्षपहिले देखि नै ट्याक्टर चलाउँदै आएका थिए । उनले कालागाउँबासीको लागि धरायसी सामान, धान, बालुवा, गिट्टी लगायत अन्य सामानहरु ओसारपसार गर्ने काम गर्थे । ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार