कोहलपुर ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको अध्यक्षमा पुनः हेम विक्रम जिसी निर्वाचित भएका हुन् । आइतबार आफ्नै भवनमा सम्पन्न महासंघको अधिवेशनले पुनः हेम विक्रम जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक जगत जंग बुढाथोकीका अनुसार कोहलपुर नगर समितिको नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको बताए ।
बुढाथोकीका अनुसार महासघको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र वाग्ले, उपाध्यक्षमा मोहन कंडेल, महासचिवमा हिम लाल घिमिरे र कोषाध्यक्षमा बसन्त बहादुर क्षेत्री चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कमला पौडेल, रमिला थापा, ईश्वर प्रसाद शर्मा, नन्द लाल पौडेल चयन भएका छन् ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको महिला उद्यमी तर्फको अध्यक्षमा डिला कुमारी तिवारी, बरिष्ठ उपाध्यक्ष कल्पना भण्डारी, उपाध्यक्षमा नन्दा सिजाली, महासचिव निर्मला कुमारी शर्मा, कोषाअध्यक्ष कल्पना लम्साल चयन भएका छन् ।
यस्तै सदस्यमा कविता खड्का, सिता पौडेल, लोक कुमारी रोका क्षेत्री रहेका छन् । अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्