५७ लाख बढिमा बनेको घरेलु महासंघ भवन उद्घाटन (दाताहरुको पुरा विवरण सहित)

कोहलपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको नव निर्मित भवन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितिका अध्यक्ष हेम बिक्रम जिसीकाे अध्यक्षतामा भएकाे महासंघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशनका अवसरमा लुम्बिनीका मुख्यमन्त्री चौधरीले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले एक घर एक उद्योग अवधारण अघि सारेको बताए । ‘साना उद्योगमा लगानी गरी आत्मानिर्भर बनाउने लक्ष्य छ,’ उनले भने, ‘साना उद्योगले उत्पादन गरेका बस्तुहरुलाई विश्व बजारीकरण गर्ने योजना बनाएका छौं ।’ साना उद्योगीहरुलाई सस्तो ब्याजदरमा ऋण दिई उद्योग खोल्न प्रोत्साहन गर्ने प्रदेश सरकारको निति रहेको मुख्यमन्त्री चौधरीले बताए ।

समितिका बरिष्ठ उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक दिपेन्द्र वाग्लले ५७ लाख ५८ हजार ४५ रुपैयामा भवन बनेको बताए ।

भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कोहलपुर नगरपालिका, पूर्व खेलकुद मन्त्री महेश्वराज गहतराज ‘अथक’, पूर्व नगर प्रमुख लुट बहादुर रावत, पूर्व उपप्रमुख सञ्जु कुमारी चौधरी, वडा नं. ११ का पूर्व वडा अध्यक्ष कर्ण बहादुर थापा, वडा नं. २ का पूर्व वडा अध्यक्ष कर्ण सिंह विसी र वडा नं. २ का पूर्व वडा सदस्य टेक बहादुर खत्री लगायत अन्य दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा प्रदेश सभाका सांसदहरु दुर्गा प्रसाद चौधरी, कृष्णा केसी (नमुना), बसन्ती अधिकारी, सञ्जु कुमारी थारु, नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप-प्रमुख संगिता सुबेदी, घरेलु महासंघका केन्द्रिय नेता, स्थानिय घरेलु उद्योगका लघु उद्यमी, विभिन्न दलका प्रतिनिधी, बुद्धिजिवि, पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम नगर समितिका महासचिव सिएम उपाध्यायले सञ्चालन गरेका थिए ।

दाताहरुको पुरा विवरण हेर्नुहाेस् ।