स्वास्थ्य परिक्षणबाट शिवशक्तिका ४ सय ६५ जना बालबालिका लाभान्वित

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति आधारभूत विद्यालयका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराइएको छ ।

आशा फाउन्डेसन नेपाल ललितपुर काठमाण्डौ आर्थिक सहयोग, वडा नं. २ को स्वास्थ्य चौकी र नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोग र विद्यालयको समन्वयमा बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराइएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत मेडिसन डाक्टर डाक्टर देवेन्द्र आचार्यले बालबालिकाको स्वास्थ्य परिक्षण गरेका हुन् ।

४ सय ६५ जना बालबालबालिकाकोे स्वास्थ्य परिक्षण गराएको मध्ये १ जनालाई मुटुको, ८ जनालाई दातको समस्या र अन्यलाई सामान्य अवस्था भएको शिवशक्ति आधारभूत विद्यालयका प्राधानाध्यापक बद्रि सापकोटाले जानकारी दिए ।

यस्तै कार्यक्रममा समाजसेवी कर्ण वहादुर कैनी र विद्यालयका शिक्षक तथा अभिभावकको उल्लेखनिय सहभागिता रहेको थियो ।