Kohalpur Today Header Ads

राप्तीसोनारीका विद्यालय १० दिन वर्षा विदा




कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले १० दिन वर्षा विदा दिएको छ । राप्तीसोनारी गाउँपालिका शिक्षा शाखाले आज सूचना जारी गर्दै असार २३ गतेबाट १० दिनसम्म पठनपाठन बन्द हुने भन्दै सूचना जारी गरेको छ ।

राप्तीसोनारीको शैक्षिक सत्र २०८० को शैक्षिक पात्रो अनुसार असार १३ गतेबाट वर्षा विदा हुने उल्लेख भएपनि यस अघि वर्षा विदाबाट कट्टी गरी १० दिन गर्मी विदा भएकोले असार २३ गतेबाट साउन ५ गतेसम्म विदा भएको शाखा अधिकृत प्रमुख जिवन न्यौपानेले बताए ।

LIfe Ok

‘१ वर्षमा ४५ दिन विदा दिने हुन्छ त्यसबाट नै कटाएर विदा दिएका छौं,’ उनले भने, ‘अब दशै र तिहारको विचमा १५ दिन बाँकी रहेको छ ।’
विद्यालयको आवश्यकता अनुसार स्थानिय विदा भनी पाँच दिन हुने शाखाका प्रमुख न्यौपानेले बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार