चर्चित गायक तथा अभिनेता रबिन तामाङको पोस्टमार्टम सकिएको छ । प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको र यसै कारण उनको निधन भएको हुनसक्ने बताइएको छ ।
त्रिवि शिक्षक अस्पताल महाराजगन्जका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीले रातोपाटीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले पोस्टमार्टम गर्दा प्रारम्भिक चरणमा मुटुमा समस्या देखिएको जानकारी दिँदै मृत्युको मुख्य कारण भने यकिन भइनसकेको बताए ।
डा. चौधरीले तामाङको रगत र भिसेरा परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्टको परीक्षणपश्चात् मृत्युको कारण थाहा हुने जानकारी दिए ।
तामाङको शव परिवारले बुझिसकेको छ । उनको अन्त्येष्टिको समय भने खुल्न बाँकी छ । तामाङ मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्