बाँकेमा ६ महिनामा ८८ जना लागू औषध कारोवारी पक्राउ

काेहलपुर।

बाँकेमा ६ महिनामा ८८ जना लागू औषध कारोवारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको साउनदेखि पुष महिनासम्म ८८ जना कारोवारी पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार ती व्यक्तीहरुबाट दुई सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, चार किलो तीन सय ७५ ग्राम चरेश, तीन हजार पाँच सय ४३ ट्याब्लेट नाइट्रोजेपाम, छ सय लिटर कोरेक्स, २० ग्राम गाँजा र १ हजार चारसय ३० ट्याब्लेट ट्रमाडोल बरामद गरिएको बताए।

प्रहरीका अनुसार पाँच लाख ११ हजार नगद बरामद, १ सय ३९ जना फरार अभियुक्तलाई पक्राउ, ३७ लाख ९९ सय हजार पाँच सय १४ रुपैयाँ जरिवाना असुल, चार करोड ३६ लाख २६ हजार ६ सय ८ रुपैयाँ बराबरको अवैध सामान सहित २७ जना तस्कर पक्राउ परेको एसपी श्यामकृष्ण अधिकारीको भनाइ थियाे । बरामद गरिएको लागु औषध पत्रकारहरुकै उपस्थितिमा नष्ट गरिएको थियाे ।

प्रहरीले यो अवधिमा पाँच सय ३७ मुद्दामा छ सय ७४ जनालाई पक्राउ गरी कारवाही गरिएको छ । प्रहरीले भन्सार चोरी पैठारी, सुन तस्करलाई कारवाही, ट्राफिक जरिवाना, नदीजन्य पदार्थ उत्खन्न्, जुवातास कारवाही, काठ तस्करी कारवाही लगायतबाट ९ करोड ३९ लाख, ९३ हजार ८ सय ७ रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको ६ महिनाकाे अवधिमा दुई करोड ७५ लाख ३४ हजार सात सय ३८ रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।