रेखा थापाको नयाँ फिल्म ’उपहार’

अभिनेत्री रेखा थापाको नयाँ फिल्मको नाम सार्वजनिक गरिएको छ।
मंगलबार निर्देशक ज्ञानेन्द्र देउजाले फेसबुकमार्फत फिल्मको नाम सार्वजनिक गरेका हुन्। फिल्मको नाम ’उपहार’ राखिएको छ।
रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म सामाजिक कथामा बन्नेछ। फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन्।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहनेछ। साउनको दोस्रो साताबाट छायांकन सुरू हुने फिल्म यसैवर्ष प्रदर्शन हुनेछ।

यसै फिल्मको लागि सोमबार गीत रेकर्डिङ गरिएको छ।

बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन्। गायनमा एलिनालाई बाबुलले साथ दिएका छन्। एलिनाले फिल्मको लागि पहिलो पटक गीत गाएकी हुन्।

फिल्ममा चार वटा गीतहरू रहनेछ। अन्य तीन वटा गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन्।