राधाकृष्ण संस्कृत गुरुकुललाई ५१ हजार सहित पोशाक हस्तान्तरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल आधारभूत विद्यालयलाई रामजानकी माविले ५१ हजार रकम र ४५ जना विद्यार्थी र कर्मचारीलाई पोशाक हस्तान्तरण गरेका छन् ।

आइतबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, रामजानकी माविका निर्देशक दिनेश सिग्देल र श्रेष्ठ कट पिसका सञ्चालक दुर्गा श्रेष्ठले संयुक्त रुपमा नगद ५१ हजार सहित ४५ जना विद्यार्थी र कर्मचारीलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले संस्कृतबाट गुरुकुल शिक्षा प्राप्त गर्न/गराउन नगरपालिका गम्भिर भएको बताए । ‘कार्यपालिकाबाट शिक्षकको दरबन्दी दिने भनि निर्णय गरेका छौं,’ उनले भने, ‘यो संस्कृत शिक्षालाई कोहलपुरमा अझै व्यवस्थित र प्रभावकारी बनाउन लाग्नेछौंं ।’ यो राधाकृष्ण मन्दिरमा पुजाआरधाना हुन्छ भन्ने आम जनताको सोच छ तर यहाँ संस्कृत गुरुकुल शिक्षा प्रदान गरिन्छ त्यसैले विभिन्न संघसंस्थाहरुले यस विद्यालयलाई आर्थिक सहयोग गर्न अनुरोध गरे ।

यस्तै रामजानकी माविका निर्देशक दिनेश सिग्देलले राधाकृष्ण संस्कृत गुरुकुल आधारभूत विद्यालयलाई नगद ५१ हजार रुपैया आर्थिक सहयोग गरेको बताए । पौष्टिक आहार एवम दुग्ध, फलफूलको व्यवस्थापन र आवासीय लागि आर्थिक सहयोग गरेको रामजानकी माविका निर्देशक सिग्देलले बताए ।

यस्तै रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल आधारभूत विद्यालयका विनोद दहालले स्थानिय सरकारबाट दरबन्दीको आवश्यकतालाई पदपूर्ति गर्ने आश्वासन आएकोे छ त्यो पुरा हुनेछ भन्ने पूर्ण भरोसा रहेको बताए ।

‘विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगबाट नै अहिलेसम्म सञ्चालन गरेका छौं,’ उनले भने, ‘विद्यालय सञ्चालन र व्यवस्थापनमा निकै समस्या भएको छ ।’ सरकारी स्तरबाट थप सहयोग भयो भने अझै व्यवस्थित रुपमा सञ्चालन हुने दहालले बताए । दहालले विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरे ।

यस्तै कार्यक्रममा राधाकृष्ण संस्कृत आधारभूत विद्यालयका विव्यस अध्यक्ष गोविन्द प्रसाद ढकाल, संरक्षक हरि प्रसाद अर्याल, नेपाल रेडक्रस शाखा कोहलपुरका प्रमुख यवराज पोख्रेल, समाजसेवी मनिष भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रामजानकी माविका प्लस टु का कोडिनेटर मेधनाथ घिमिरेले सञ्चालन गरेका थिए ।