Kohalpur Today Header Ads

कोहलपुरमा मनाइयो धान दिवस (फोटो फिचर)




कोहलपुर ।

बाँके लगायत आज देशभरी नै २०औं राष्ट्रिय धान दिवस मनाइएको छ । शुक्रबार २०औं राष्ट्रिय धान दिवसको अवसरमा कोहलपुर नगरपालिका-१५ पर्सेनिपुरमा पनि २० औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, १५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी र कार्यपालिका सदस्य अनिता कुमारी बुढाक्षेत्री लगायत स्थानियले धान रोपेर धान दिवस मनाएका थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

धान दिवस कार्यक्रममा बोल्दै किसानहरुलाई कृषि प्रविधिसंग जोडेर व्यवसायिक बनाउने लक्ष्य लिएको कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य बताए ।

‘पकेट क्षेत्र निर्माण गरी अनुदानका कार्यक्रमहरु सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘ १५ वडा नम्बर मकै तथा तरकारीको पकेट क्षेत्र मानिन्छ ।’ नगरपालिकाले प्रत्येक वडालाई पकेट क्षेत्र छुट्याएको छ सोही अनुसार अनुदानका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भईरहेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै कृषि शाखाका प्रमुख चन्द्र बुढाले ३१ सय हेक्टरमा धान खेती भइरहेको बताए । कोहलपुरमा ७ प्रकारका धानबालीहरु लगाउने गरेको र बार्षिक १० हजार ५ सय ४० मेक्टिन उत्पादन हुने गरेको छ तर पछिल्लो समयमा कोहलपुरमा मसिनो धानको माग भएकोले यसुको क्षेत्र बढाउनुपर्ने शाखाका प्रमुख बुढाले बताए ।

धान दिवसमा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, आर्थिक विकास समिति संयोजक अनिता कुमारी बुढा क्षेत्री र वडा नम्बर १५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी लगायत वडा सदस्यहरूको समेत उपस्थित रहेको थियो ।

     

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रबार