बैजनाथमा ४२ किसानलाई कृषि उपकरण हस्तान्तरण

किसानहरुको सहजताका लागि ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु हस्तान्तरण गरेका छौं : अध्यक्ष प्रकाश बहादुर शाही

कोहलपुर ।

वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई ५० प्रतिशत अनुदानमार्फत कृषि उपकरण हस्तान्तरण गरेको हो ।

‘५० प्रतिशत अनुदानमा किसानहरुलाई कृषि उपकरण हस्तान्तरण गरेका छौं,’ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले भने, किसानलाई कृषि उब्जनी गर्न सहज र सरल होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र हस्तान्तरण गरेका हौं । बैजनाथ गाउँपालिकाले आगामी वर्षको लागि समेत कृषि क्षेत्रलाई प्राथमिकता दिइएको अध्यक्ष शाहीले बताए ।

यस्तै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले ४२ किसानलाई कृषि उपकरण हस्तान्ततरण गरेको बताए ।

न्यौपानेका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर हस्तान्तरण गरिएको हो ।

कृषि उपकरण प्राप्त गर्नका लागि आवेदन आह्वान गरको थियो । सो आवेदन आह्वान अनुसार निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो ।