Kohalpur Today Header Ads

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै




नेकपा एकीकृत समाजवादी पार्टी (एस)को संसदीय दलको बैठक बस्दै छ। बैठक बिहान साढे १० बजे संसद् भवनमै बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।

बजेटमा असन्तुष्टि जनाउँदै आएको नेकपा एसले बुधबार बैठक बसेर पक्षमा भोट हाल्ने कि नहाल्ने भनेर निर्णय गर्न लागेको हो।
पार्टी अध्यक्षसहितका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अथवा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएर बजेट सच्याउनुपर्ने बताइरहेका छन्।

अर्थमन्त्रीको जवाफबाट सन्तुष्ट हुन नसकेका एकीकृत समाजवादीका सांसदले प्रधानमन्त्रीले नै असन्तुष्टिको सम्बोधन गर्नुपर्ने बताइरहेका छन्।
यसबारे आज बस्ने संसदीय दलको बैठकले निर्णयले लिने बताइएको छ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार