बैजनाथ गाउँपालिकाले ६९ करोड ९९ लाख बजेट ल्यायो

कोहलपुर ।

बैजनाथ गाउँपालिकाले आव २०८०/०८१ का लागि ६९ करोड ९९ लाख बजेट ल्याएको छ । गाउँपालिकी उपाध्यक्ष निर्मला रोकाया आगामी वर्षको करिब ६९ करोड ९९ लाख ३५ हजार ९ सय ७५ रुपैयाको बजेट प्रस्तुत गरेकी थिइन् ।

उपाध्यक्ष रोकायाले प्रस्तुत बजेटतर्फ संघिय समानीकरण तर्फबाट १५ करोड २० लाख, प्रदेश सरकार समानीकरणतर्फबाट १ करोड १४ लाख ६३ हजार, संघिय सरकार सशर्त चालुतर्फबाट २९ करोड ७ लाख, संघिय सरकार सशर्त पूजिगततर्फबाट २ करोड ८८ लाख, प्रदेश सरकार सशर्त चालुतर्फबाट १६ लाख ५० हजार, प्रदेश सरकार सशर्त पुँजीगततर्फबाट ६५ लाख, संघीय सरकार विशेष अनुदानतर्फबाट १ करोड, संघीय सरकार समपुरक अनुदान तर्फबाट ६० लाख, प्रदेश सरकार समपुरक अनुदान तर्फबाट १ करोड, संघिय सरकार राजश्व तर्फबाट १२ करोड ५६ लाख ८४ हजार, प्रदेश सरकार राजश्व तर्फबाट ७१ लाख ३८ हजार ९ सय ७५, आन्तरीक आय तर्फबाट ३ करोड ५० लाख, घर जग्गा रजिस्ट्रेसन बापत मालपोत कार्यालयबाट प्राप्त हुने तर्फबाट करिब १ करोड ५० लाख गरी कूल ६९ करोड ९९ लाख ३५ हजार ९ सय ७५ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।