राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

काठमाडौँ ।

‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्‍याउन आयोजित आठौैँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि महालक्ष्मी विकास बैंक लिमिटेडले प्रायोजन सहयोग गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा असार ८ र ९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा आयोजित आठौँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।