Kohalpur Today Header Ads

जाजरकोटमा डुबेर २ जनाको मृत्यु




जाजरकोट ।

जाजरकोटमा माछा मार्ने क्रममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ का ४२ वर्षका धनबहादुर बुढा र छेडागाड नगरपालिका-१ का ४० वर्षका नरबहादुर सार्की रहेका छन् ।

छेडागाड नगरपालिका-१ र ११ को सिमाना छेडाखोलाको रिठेदहमा जाल हान्ने क्रममा पानीमा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाले बताए ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार