सल्यानकाे कमलपोखरी नजिकै बोलेरो दुर्घटना




शुदाम शर्मा, सल्यान ।

सल्यान श्रीनगरबाट दार्मा फारुला आउँदै गरेको बोलेरो (जीप) दुर्घटना भएकाे छ । वामदेव बुढाथोकीको लु ३ च ३४१६ नम्बरको बोलेरो (जीप) वागचौर नपा/दार्मा गापा र कुमाख गापाको सिमानामा कमलपोखरी नजिकै दुर्घटना भएको प्रहरीलेे जनाएकाे छ ।

दुर्घटना भएकाे खबर पाउनासाथ दार्मा गाउँपालिकाको गाडी तत्काल घटनास्थलमा पुगेर घाइतेको उद्वार गरेको स्थानियहरूले बताएका छन्  ।

घाइतेलाई सल्यान श्रीनगरस्थित परोपकार अस्पतालमा उपचारका लागि पुर्याएको छ। सबै घाइतेको अबस्था सामान्य रहेको डाक्टरले बताए ।

घाइतेहरु दार्मा ३ फारुला निवासी तथा जनज्योति मावि फारुलाका शिक्षक केशवराज केसी, दार्मा ३ दुवाङ निवासी उर्मिला वली र गाडी चालक-गाडी मालिक दार्मा ३ फारुलाका वामदेव बुढाथोकीको श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको पालिकाका सवारी चालक अर्जुन वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधबार