गाडी दुर्घटनामा दुई जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमा कोहलपुर ल्याउँदै




गाडी दुर्घटनामा परी घाइते भएकी सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेविसिंहको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा अमृता र जयादेविसिंहको मृत्यु भएको हो ।

मन्त्री सिंह, सवारी चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काेहलपुर ल्याउँन लागेकाे छ ।

घाइते उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मंगलबार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको थियो। दुर्घटनामा जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार