भिजन कम्पीटिसनको नतिजा प्रकाशन, प्रथममा थापा र सुवेदी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले भिजन कम्पीटिसनको नजिता प्रकाशन गरेको छ ।

नगरपालिकाले असार ३ गते प्रस्तावहरुको विषयबस्तुका बारेमा प्रस्तुतिकरणको एकमुष्ठ मुल्यांकनको आधारमा प्रथम, द्वितीय, तृतीय बनाएको छ ।

प्रथममा भद्र बहादुर थापा र हरी प्रसाद सुवेदी प्रथम, टेकेन्द्रकुमार महतरा र यमलाल ढकाल द्वितीय, कर्ण बहादुर थापा तृतीय भएका छन् ।

मुल्यांकन समितिले नम्बरिङ्ग स्टिमबाट नतिजा निकाल्दा नम्बर एउटै परेपछि दुई वटा प्रथम र दुई द्वितीय भएको कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए ।

यस्तै मुल्याकंन समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले पनि मापदण्ड अनुसार नम्बरिङ्ग गर्दै गर्यौ तर प्रथम र द्वितीयको एउटै नम्बर आएको बताए । सोही अनुसार दुई जनालाई नै प्रथम र दुई जनालाई नै द्वितीय गराएको संयोजक विश्वकर्माले बताए ।

यस्तै मुल्यांकन समितिका सदस्य तथा शिक्षा विज्ञ जित बहादुर शाहले प्रस्तुती र लेखाईको गरी ५०/५० राखेको बताए ।

‘५०/५० मुल्यांकन अनुसार प्रथम, द्वितीय र तृतीय बनाएको’ शाहले भने, नम्बर जोड्दा समेत एउटै आएपछि दुई जना प्रथम र दुई जना द्वितीय बनाएको शाहले बताए ।

नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० को कार्यक्रमअन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञसमूह तथा व्यक्तिलाई ‘भिजन कम्पिटिसन’ मा खुला प्रस्ताव आह्वान गरिएको थियो ।