काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा गएको बाढी पहिरोका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।
उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् । विपत्मा सहयोग गर्न प्रधानमन्त्रीले आम जनसमुदायमा पनि अपिल गरेका छन् ।
गएरातिदेखि परेको भारी वर्षाका कारण सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । यता ताप्लेजुङमा पनि पहिरोमा परी ४ जना बेपत्ता भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्