आन्दोनरत शिक्षक कर्मचारीहरुले लगाएको ताला फोर्दै नगर प्रहरी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा आन्दोनरत शिक्षक कर्मचारीहरुले लगाएको ताला फोर्दै नगर प्रहरी हिडेको छ । कोहलपुर नगर प्रहरी विर बहादुर थापाको नेतृत्वमा कौशिलानगरदेखि ताला फोर्दै अगाडि बढेको छ ।

नेपाल कर्मचारी परिषद् बाँकेले आजदेखि अनिश्चितकाल सम्मका लागि सामुदायिक बन्दको आव्हान गरेको थियो । आफ्ना मागहरुको सम्बोधन नगरेसम्म आन्दोलन गर्ने यो अन्तिम लडाँई भएको नेपाल कर्मचारी परिषद् बाँकेका अध्यक्ष कृष्ण कुँवरले बताए ।

कोहलपुरमा अहिले बालबालिकाहरुलाई घरघर पढाईसकेको छ ।

विहानी कक्षा सुरु हुनुपूर्व गेटमा बसी विद्यार्थीहरुलाई घर फकाईएको थियो । अहिले आन्दोनरत शिक्षक कर्मचारीहरुले त्रिभुवन नमूना माध्यमिक विद्यालय हाइस्कुलमा धर्ना दिइरहेका छन् ।