मेडिकल कलेज कोहलपुरका सिनियर अहेव प्रेम शाहीको हृदयघातबाट निधन

कोहलपुर ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सिनियर अहेव प्रेम शाहीको हृदयघातबाट निधन भएको छ ।

सर्जरी वार्डमा कार्यरत शाही २६ गते अपरान्ह साढे ४ बजे ड्युटीकै बेला बेहोस भैइ ढल्नुभएको थियो । उहाँको उपचारकाक्रममा गएराती १ बजेतिर निधन भएको अस्पताल प्रशासनल्र जनाएको छ ।

कोहलपुर नगरपालिका-२ निवासी शाहीका एक छोरा र एक छोरी र श्रीमति हुनुहुन्छ ।