चन्द्रज्योति सानिमा कृषि सहकारीको १३औं साधारण सभा सम्पन्न (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको चन्द्रज्योति सानिमा कृषि सहकारी संस्थाको १३ औ साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रबार सो सभाकाे संस्थाका उपाध्यक्ष र्दोन बहादुर शाहीले साधारण सभाको उद्घाटन गर्नुभएकाे थियाे ।  यस्तै चन्द्रज्योति सानिमा कृषि सहकारी संस्थाको अध्यक्ष दिल कुमारी विकले आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड २९ लाख ६३ हजार २ सय ७२ रकम कारोबार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

‘कोरोना कारणले गर्दा सबै सहकारी संस्थामा रहेका सदस्यहरुलाई बोलाउन पाएनौं’ उहाँले भन्नुभयाे, त्यसको लागि क्षमाप्रार्थी छौं । संस्थाको कुल शेयर पुँजी ६० लाख ९१ हजार ३ सय रुपैया रहेको छ ।

यसको कार्यक्षेत्र बाँके जिल्ला भरी रहेको छ भने कुल सदस्य संख्या ६ सय ९८ जना रहेका छन् । संस्थाका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष र्दोन बहादुर शाही, व्यवस्थापक खगिसरा खड्का, लेखा संयोजक सन्तोष वि.क., कोषाध्यक्ष टिकाराम वि.क. लगायत ११ जना कर्मचारी र सेयर सदस्य सहित २५ जनाकाे उपस्थित रहेको थियो ।

भिडियाे ।