न्यू साउथ वेल्स ।
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो ।
साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् ।
प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो।
समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको छ । घाइतेहरुको नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्