त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो




काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी विकास भगतमाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो । भारतीय नागरिक विकास भगतको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ ।

केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए । पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ २८ गते आइतबार