जलेको अवस्थामा भेटिए रेग्मी, आत्महत्या की हत्या ?

डिल्ली शाही, बाँके ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ ।

सोमवार दिउसो करिब २ः ३० बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलवार बिहान राप्तीसोनारी-९ भालुखोला जंगल स्थित पूर्वपश्चिम राजमार्गको दक्षिण १ सय मिटर शव फेला परेको हो ।

सोमबार राती करिब १०ः३२ बजेदेखि मोवाइल स्वीचअफ भएपछि खोजीका लागि आफुहरु गम्भीर भएको परिवारस्रोतले जनाएको छ । रेग्मीका दुई छोरा छन् भने जेठो छोराले ९ कक्षामा अध्ययरत छन् ।

रेग्मी नेपालगञ्ज उपमहानगर पालिकाका-२० आदर्श माविका अर्थशास्त्रका प्र्रध्यापक हुन् भने महेन्द्र बहुमुखी क्याम्पसका लेक्चरल समेत हुन् । उनको घरनजिकै उद्योग सञ्चालन गर्दै आएका ४२ वर्षीया रेग्मी निकै मिहिनती युवा उनी बेपत्ता भएपछि धेरै किसिमका आशंका गरिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार शरिर जलेको अवस्था देखिन्छ, घटना कसरी के भएको होला ? भन्ने अनुमान गर्न गार्हो भएको बताए ।

‘घरबाट मिटिङ्गमा जानू छ भने रेग्मी भे.६.प. ८२२४ नम्बरको मोटरसाइकमा गएको देखिन्छ’ प्रहरीले भने, ‘मोटसाइकल राप्तीसोनारी-९ भालुखोला जंगल स्थित पूर्वपश्चिम राजमार्ग छेउमा पाकिङ्ग गरी राखिएको थियो ।’

मोटरसाइकल पाकिङ्ग गरेको १ सय मिटर दक्षिण तर्फ जंगलमा जलेको अवस्थामा शव भेटिएको बाँके प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौले जानकारी दिए ।

तर रेग्मीको शरिर जलेको अवस्थामा छ । आत्महत्या वा हत्याको विषयमा प्रहरीले अझै टुङ्गयाउन सकेको अवस्था छैन ।

प्रहरीले घटनाको बारेमा पोष्टमाटमको रिपोट नआएसम्म कुनै जानकारी नहुने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरीका अनुसार रेग्मीले लगाएको हेल्मेट नभेटिएकोले शंकाको घेरामा राखेर अनुसन्धान गर्न लागेको बताए । सिसि टिभिमा हेर्दा हेल्मेट लगाएको देखिन्छ तर घटना स्थलमा भने हेल्मेट छैन ।

यस विषयमा गम्भिर भएर अनुसन्धानमा लागेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।