बैजनाथमा पनि आजदेखि तीन दिन गर्मी बिदा

कोहलपुर ।

बैजनाथ गाउँपालिकाले आजदेखि तिन दिन गर्मी विदा दिएको छ ।

अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २३ गतेदेखि २५ गतेसम्म गर्मी विदा दिइएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

बैजनाथ गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट मिलान हुने गरी तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वराज ढकालले बताए ।