कोहलपुर ।
बैजनाथ गाउँपालिकाले आजदेखि तिन दिन गर्मी विदा दिएको छ ।
अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २३ गतेदेखि २५ गतेसम्म गर्मी विदा दिइएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
बैजनाथ गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट मिलान हुने गरी तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वराज ढकालले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० जेठ २३ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्