Kohalpur Today Header Ads

विकासको गतिमा कोहलपुर–२




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–२ विकासको गतिमा अघि बढेको छ ।

वडा अध्यक्ष हरि कठायतले आफ्नो वडालाई सम्बृद्ध र नमुना बनाउन प्रत्यक्ष आफै खटिने गरेका छन् । चालू आर्थिक वर्षमा वडाले पूर्वाधार निर्माणलाई जोड दिएको छ ।

LIfe Ok

अहिले महेन्द्र राजमार्गदेखि सिद्धनगर हुँदै बर्दहवा जोड्ने सडकमा अस्फाल्टको काम तीब्र गतिमा भइरहेको छ । एक हजार ५ सय ५० मिटर लामो उक्त सडकको अस्फाल्ट काम तीब्र गतिमा भइरहेको वडा अध्यक्ष कठायतको भनाइ छ ।

चालू आर्थिक वर्ष ०७९/०८० को बजेटबाट वडा र नगरको साझेदारी टेन्डर प्रक्रियाबाट योजनाहरु कार्यान्वयन भइरहेका छन् । यसैक्रममा बर्दहवा मन्दिरदेखि लक्ष्मी माविसम्म ४ सय ८० मिटर पक्कि आ.सि.सि. नाली शहित पिचको कार्य पनि सुचारुको तयारीमा छ ।

महेन्द्र राजमार्ग ‘क’ लाइन हुँदै ओम शान्तिसम्म करिब २ सय मिटर पक्कि आर सि.सि. नाली सहित पिचको लागि बेस सुचारु तयार गरी अस्फाल्ट पीचको अन्तिम तयारी भइरहेको पनि वडाअध्यक्ष कठायतले बताए ।

एक वर्षको अवधिमा १२ वटा योजना सम्पन्न भएको उनको भनाइ छ । ‘हाम्रो वडा नं।२ लाई सम्बृद्ध र नमुना वडा बनाउने हाम्रो प्रयास हो उनले भने–‘वडाबासीले पनि राम्रो साथ दिनुभएको छ । एक वर्षमा १२ योजना सम्पन्न भइसकेको छ भने अझै थप योजनाहरू सम्पन्न गर्ने तयाारीमा छौं ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ २३ गते मंगलबार