Kohalpur Today Header Ads

वन्यजन्तुलाई मोटरको पानी




डिल्ली शाही, कोहलपुर ।

वन्यजन्तुका लागि खाने पानीको अभाव हुन थालेपछि बाँके राष्ट्रिय निकुञ्ज भित्र सोलारबाट चल्ने मोटर जडान गरिएको छ ।

विशेषगरी वन्यजन्तुका लागि पानीको अभाव हुन नदिन सूर्यको प्रकाशबाट चल्ने मोटर जडान गरिएको तराई भू–परिधि कार्यक्रमका सब-कोडिनेटर कमलराज राईले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बाँके राष्ट्रिय निकुञ्जसंगको सहकार्य भू–परिधि कार्यक्रमको सहयोगमा विभिन्न तिन स्थानमा सोलारबाट चल्ने मोटर जडान गरिएको छ ।

सव-कोडिनेटर राईका अनुसार मुहानको पानी आएको जस्तै देखिन्छ । ‘ठुला सालका खम्बामा ८ वटा सोलार जडान गरिएको छ, भूमिगत रुपमा जडान भएको मोटरबाट भूमिगत पानी पोखरीमा जान्छ,’ उनले भने, ‘जुन मुहान जस्तै देखिन्छ । बन्यजन्तुहरुलाई पानी प्रशस्त रुपमा परिपूर्ति गर्ने सक्ने गरी पोेखरी तयार गरेको सब-कोडिनेटर राईले बताए ।

करिब २८ लाख ७४ हजार ८ सय ८६ रुपैयाको लागतमा तराई भू–परिधि कार्यक्रमले जलसेनी, गोठेरी र खैरीमा सोलारबाट चल्ने मोटर जडान र पोखरीको निर्माण गरिएको छ ।

यो कार्यक्रमले २ सय हेक्टर घाँसे मैदान, निकुञ्जमा चोरी सिकारी नियन्त्रणका लागि सिसि क्यामरा, पेट्रोल टोलिलाई प्रविधि सहयोग, साइकल, राप्ती बाढि पिडित गुलरी सामुदायिक उपभोक्ता समितिको समन्वयमा सुख्या क्षेत्रलाई हरियो बनाउने जस्ता कामहरु भएको सव-कोडिनेटर राईले बताए ।

राईका अनुसार जलसेनी, गोठेरी र खैरीमा पानीको अभाव भएको र वन्यजन्तुको पानीको अभावलाई परिपूर्ति गर्ने मोटर जडान गरी पानी निकाल्न पम्प जडान गरिएको राईले बताए ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ १२ गते शुक्रबार